साउदी अरबका विदेश मन्त्री फागुन ३० मा नेपाल आउँदै
२७ फागुन, काठमाडौं । नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल सउद नेपाल भ्रमणमा आउने भएका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदीका विदेशमन्त्री अल सउद यही फागुन ३० गते दुई दिने भ्रमणका लागि आउन लागेको बताएका छन्।
फागुन ३० देखि चैत १ सम्म हुने भ्रमणका क्रममा नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको वार्ता टोली गठन गरिएको छ।
नेपाल र साउदी अरब सरकारबीच हुने जनरल कोअपर्शेनबारे कुरा हुनेछ, उनले भने, नेपाल हरेक कुरामा सुन्दर भए पनि श्रमिकहरु विदेश गइरहेका छन्। उनीहरुको बढी भन्दा बढी हकहितको पक्षमा साउदीका मन्त्रीसँग कुरा हुनेछ।
त्यस्तै नेपालका श्रम मन्त्री किसान श्रेष्ठ कतारसहित तीनवटा देशको भ्रमणमा जाने भएका छन्।
मन्त्रीका कार्कीका अनुसार उनी संयुक्त अरब, सेसेल्स र कतार भ्रमणका जाने भएका छन्। त्यहाँ पनि नेपाली श्रमिकको पक्षमा कुराकानी हुने कार्कीले बताए।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply