पाँचै दल मिलेर चुनावमा गए पनि हामी कर्याककुरुक बनाइदिन्छौँ : ओली

१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफूहरु एक्लैले पराजित गर्ने बताएका छन्।
अनेमसंघको पूर्ण बैठकलाई मंगलबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले अब एमाले गठबन्धनका दलसँग सिंगल सिंगल या समूहमै पनि भिड्न तयार भइसकेको बताए।
मैले यो हौसिएर बोलिरहेको छैन। केहीले हौसिएर जितिन्छ भनेर हुँदैन भनिरहेका छन्। अफ्ठ्यारो छ गाह्रो छ भनिरहेका छन्, उनले भने, हामीलाई गाह्रो केही पनि छैन। हामी लड्न सक्छौँ। उनीहरु स-साना समूह हुन्, गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।
ओलीले एमाले प्रतिपक्षमा भए पनि सत्तारुढ दलका जनप्रतिनिधिदेखि नेता कार्यकर्तासम्म प्रवेश गर्न धुइरो लागेको बताए।
हामी प्रतिपक्षमा छौँ तर सत्ताधारी दलका नेता कार्यकर्ता हाम्रोतिर आइरहेका छन्। हामी निश्चित रुपमा चुनाव जित्छौँ । हामीसँग सही नीति छ, उनले भने, हामीले काम गरेका छौँ, जनताले एमालेलाई सरकारमा ल्याउन चाहेका छन्।
ओलीले स्थानीय निर्वाचनअघि कांग्रेसले आफूहरुको भण्डाफोर गर्न लागेको कुरालाई पनि कटाक्ष गरे।
कांग्रेसले के लिएर जान्छ रे! जनतामा एमालेको अघिल्लो सरकारको भण्डाफोर गर्ने रे! कांग्रेसको के भण्डाफोर गर्नु उनीहरुले टन्न खाएका छन्, ओलीले भने, हामीले विगतमा पर्याप्त विकासका काम गरेका छौँ। हामीसँग अनगिन्ती योजना छन्। उनीहरु एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउने काम गर्ने रहेछन्।
उनले आफूले धानको चिउरा खाँदा सुनको चिउरा खायो भन्दै हल्ला गरिएको पनि बताए। विरोधीहरु कतिसम्म गर्छन् भने सुनको चिउरा खान्छ होला धान चिउरा खाएको देखायो भनेर प्रचार गरेछन्, उनले भने, उनीहरुको अर्थोक एजेण्डा नै छैन। प्रतिस्पर्धा हुँदैन भनेकोले एमाले बलियो छ, एक्लै गएर हुँदैन भनिरहेका छन्। उनीहरुले आधा सही बुझेका छन्।
उनले गठबन्धन दलहरूलाई एक्ला एक्लै चुनावमा गए एमालेले कर्याक कुरुक बनाउने पनि बताए। एक्ला एक्लै आए भने त कर्याक कुरुक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्याकुरुक बनाउँछौँ, उनले भने, अहिले हाम्रो धान पाकेको बेला छ, हामीलाई मंसिर लागेको छ। धान काट्ने, बिटा लगाउने, कुन्यु थुपार्ने बेला छ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply