चुनावी गठबन्धनबारे निर्णय लिन देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्य समिति वैठक
६ चैत, काठमाडौं । आउँदो बैसाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट निर्णय लिने भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषयमा निर्णय लिन आउँदो शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्य समिति बैठक बोलाएका छन् । बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्योल गर्ने प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । यसअघि बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवम् ‘घर-घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा लगायत विविध विषयमा छलफल हुने उल्लेख गरिएको थियो ।
प्रवक्ता महतले बैठकले गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सैद्धान्तिक निणर्य गर्ने जानकारी दिए । पार्टीको अभियानको क्रममा सल्यान पुगेका प्रवक्ता महतले चैत्र ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्ने बताएका हुन् । उनले तल्ला तहमा पार्टी संगठनको अवस्था र गठबन्धनको आवश्यकताबारे तथ्यगतरुपमा पार्टीले विस्तृत अध्ययन गरेपछि मात्रै कहाँ-कहाँ गठबन्धन गर्ने भनेर टुंगो लगाउने बताए ।
‘सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने भन्ने हुन्छ । जे गर्दा बढी सिट जितिन्छ, त्यसै अनुसार निणर्य गर्ने हो, उनले भने, एक्लै लड्दा बढी जितिने देखियो भने त्यही गरौं । सहकार्य गर्दा बढी जितिने भयो भने त्यही अनुसार कसरी को-को गठबन्धन गर्ने हो, त्यो गर्नुपर्छ ।
प्रवक्ता महतले पार्टीमा नेता कार्यकर्ताहरू अहिले गठबन्धन गर्ने वा नगर्ने भन्ने बहसमा अल्झिएको भन्दै त्यसरी अलमलमा पर्न आवश्यक नरहेको बताए । चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसभित्र चर्को मतभेद छ । तर, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चुनावमा गठबन्धन गर्ने र त्यसका लागि पार्टीमा निर्णय गरेर अघि बढ्ने बताइसकेका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन सरकार बनेपछि मुलुकमा धेरै कुरा परिवर्तन भएको समेत दाबी गर्दै आएका छन् । तर, नेता शेखर कोइराला पक्षका नेताहरूले भने चुनावमा गठबन्धन गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । गठबन्धनको विषयमा कांग्रेसमा फेरि विवाद चर्किन सक्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply