शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा माओवादीबाट एमालेमा फर्किए
९ चैत,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शेर्पालाई मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।
एमालेको विद्यार्थी राजनीतिबाट स्थापित शेर्पा २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुदैं जिल्लाको राजनीतिमा सक्रिय शेर्पा एमाले विभाजनपछि मालेमा सक्रिय भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा सक्रिय भए ।
शेर्पा माओवादी निकट शेर्पा मुक्ती मोर्चाको सचिवको जिम्मेवारीमा थिए । उनी शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको पूर्व महासचिव र शेर्पा विद्यार्थी मञ्चको पूर्वअध्यक्ष समेत हुन् । गृह जिल्ला रामेछापसँगै शेर्पा समुदायमा उनको गहिरो प्रभाव छ ।
शेर्पाले १८ वर्षपछि आफ्नो पुरानो पार्टी नेकपा एमालेमा फर्किन पाएकोमा गर्व लागेको बताए । उनले भने, फेरि १८ वर्षपछि आफ्नो मुलघरमा फर्किएको छु । अब बाँकी रहेको समय एमाललाई दिन्छु ।
शेर्पाले १८ वर्ष नेकपा माओवादीमा काम गर्ने अवसर दिएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, १८ वर्षसम्म काम गर्ने अवसर दिनु भएकोमा अध्यक्ष कमरेड प्रचण्डप्रति आभारी छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply