सबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ : केपी ओली
१२ चैत, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।
उनले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको समेत बताए । उनले सबै पार्टीहरू एकातिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा (एमाले) को साथमा रहेको दाबी गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे ।
उनले भने–‘त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गर्या छैनन् चुनावमा । अरु त त्यस्तै हो नेपाली काँग्रेस सभापतिहरूको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरूले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले काँग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली काँग्रेसको केन्द्रमा टुप्पामा बसेर हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँ छक्क पर्नुभयो । तल तलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरि देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरू छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ ।’
ओलीले सबैलाई तयारीमा लाग्न समेत आग्रह गरे । उनले भने, हाम्रा सबै कमरेडहरुले तयारी गर्नुपर्छ आ–आफ्नो ठाउँबाट । कलम चलाउन जान्नेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ ।’
अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको समेत बताए । उनले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको आरोप लगाए । उनले माओवादीलाई नक्कली राष्ट्रवादीको आरोप समेत लगाए । उनले भने– ‘नेकपा(एमाले) ले एउटा फरक धारको नेतृत्व गरिराखेको छ देशमा । नेकपा(एमाले) ले नेतृत्व गरेको धार भनेको देशभक्तिको धार हो । राष्ट्रवादको धार हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply