एमाले र राप्रपा नेपाल पार्टीबीच तालमेल गर्न बन्यो वार्ता समिति
२० चैत, काठमाडौं । एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ ।
महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरूमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको बताए ।
एमालेसँग हाम्रो एलाइन्स हुन्छ, श्रेष्ठले भने, अध्यक्ष लेभलमा टुंगिसकेको छ । ओलीजी र कमल थापाबीच दुई–तीन राउण्ड कुराकानी भएर सहमति भइसकेको छ । उनले थप विषयको टुंगो लगाउनका लागि वार्ता गर्न एमालेको तर्फबाट देवेन्द्र दाहाल र पार्टीको तर्फबाट आफूलाई जिम्मेवारी प्राप्त भएको श्रेष्ठले बताए ।
विगतमा एमालेले जहाँजहाँ जितेको छ त्यहाँ पार्टीले दाबी गर्दैन, भागबण्डाबारे प्रारम्भिक तयारीबारे उनले भने, हामीले (राप्रपा हुँदा) जहाँजहाँ जितेका छौँ त्यहाँ समस्या नै भएन । जहाँ अन्य पार्टीहरुले जितेका छन् र त्यहाँ रहेको हाम्रो संख्याको आधारमा दाबेदारी रहन्छ ।
गत निर्वाचनमा पार्टीले ५९ वटा वडाहरू जितेको उल्लेख गर्दै ती स्थानमा पनि स्वाभाविक रुपमा पार्टीको दाबेदारी रहने बताए । यस्तै यसअघि राप्रपाले जितेका स्थानीय तहमा पनि दाबेदारी रहने उनको भनाइ छ । एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेलबारे सहमति गरेको खण्डमा दुई राप्रपालाई पनि मिलाउन पनि सकस गर्ने कतिपयको भनाइ छ । दुई पार्टीबीच सम्बन्ध राम्रो नरहेको र मत पनि विभाजित रहेकाले यस्तो अवस्था देखिएको हो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply