निर्वाचन आयोगको बैठकमा तनाव, नेताहरुको नाराबाजी र चर्काचर्की
२२ चैत,काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा तनाव भएको छ। आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचन आचारसंहिताबारे छलफल गर्न डाकिएको बैठकमा साना दलका नेताले आपत्ति जनाएका हुन्।
आयोग कार्यालयमा मंगलबार बिहान साढे ११ बजेपछि डाकिएको छलफलका क्रममा सहभागी साना दलका नेताहरु आक्रोश व्यक्त गर्दै होहल्ला गरेका छन्।
आयोगले पाँच दलीय गठबन्धनको इशारामा निर्णय गरेको भन्दै साना दलले आपत्ति जनाए। आयोगले आचारसंहितामा हस्ताक्षर गर्न भनेपछि साना दलका नेताहरु आक्रोशित भए।
आयोगले सत्तारुढ दलको इशारामा लागु गर्न लागिएको आचारसंहितामा हस्ताक्षर गर्न लगाइएको भन्दै साना दलहरुले आपत्ति जनाउँदा बैठकस्थलमै हात हालाहालको अवस्था भएको छ।
नाराबाजीले बैठक केही बेर रोकियो। आयोगको भूमिकालाई लिएर दलका नेताहरुले आपत्ति जनाउँदै विरोध प्रकट गरे। उनीहरुले आयोग गठबन्धन सरकारको कार्यकर्ता भएको भन्दै नाराबाजी गरे।
लागु गर्न लागिएको आचारसंहिताबारे निर्वाचन आयोगले छलफल नै नगरेको उनीहरुले बताएका छन्। छलफल नै नगरिएको आचारसंहिताका जबरजस्ती हस्ताक्षर गर्न बोलाइएको उनीहरुले बताएका छन्।
आचारसंहिताबारेको छलफलमा बोलाउँदै नबोलाइ एकै पटक हस्ताक्षरका लागि दबाब दिइएको भन्दै उनीहरुले विरोध गरेका हुन्।
उनीहरुले पहिले आचारसंहितामा छलफल गरेपछि मात्रै हस्ताक्षर गर्ने अडान लिएका छन्। आचारसंहितामा रहेका कुराबारे छलफल नै नभइ हस्ताक्षर नगर्ने उनीहरुको अडान छ। आफूहरुका कुरा राख्नै नदिइ आचारसंहितामा हस्ताक्षर नगर्ने उनीहरुको अडान छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply