२३ चैत्र २०७८, बुधबार ०२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
धादिङमा चुनावको टिकट विवादले कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते
२३ चैत, धादिङ । बैसाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा टिकटको चर्चा पनि चुलिन थालेको छ ।
धादिङमा चुनावी सरगर्मी बढिरहेका बेला स्थानीय निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट नै भएको छ ।
कुटाकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार घटना मंगलबार रातिको हो । ‘एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौं’, प्रवक्ता भण्डारीले भने । पक्राउ परेका व्यक्तिको नाम भने केही बेरपछि उपलब्ध गराउने उनले बताएका छन् । आक्रमणबाट अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply