एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा जान्छौं : कमल थापा
२५ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा (एमाले) सँग तालमेल हुने सम्भावना रहेको जानकारी गराएका हुन् ।
एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ थापाले भने, अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ । आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकाले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाले बताएका छन् । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।
तर केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले तालमेल गरेर पनि चुनाव चिह्न राप्रपाकै ‘तीर’ लाई प्रचारप्रसारमा लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, राप्रपा नेपाल पहिलो पटक ’तीर’ चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेकोले हुँदा यसैलाई प्रचार गर्नुपर्छ । राप्रपाले हिन्दू राष्ट्र स्थापना, मुलुकमा विभिन्न मुद्दामा बन्द नगर्नेलगायत नीति र एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply