२८ चैत्र २०७८, सोमबार ०२:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इटहरीको मेयरका लागि एमालेबाट ६ जनाको नाम सिफारिस
२८ चैत, विराटनगर । नेकपा एमाले इटहरी उपमहानगर कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । उम्मेदवार छनोटका लागि बसेको बैठकमा मेयर चौधरी भने अनुपस्थित थिए ।
बैठकले नगरप्रमुख चौधरी, उप्रपमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो ।
उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।
उपमहानगरको उम्मेदवारको टुङ्गो केन्द्रीय कमिटीले लगाउनेछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply