रेसुङ्गा नगरको मेयरमा एमालेबाट पाण्डेय सिफारिस
२९ चैत, गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेद्वार बनाउन सिफारिस गरेको छ ।
मंगलवार तम्घासमा बसेको नेकपा एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेद्वार बनाउन सिफारिस गरेको नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।
उपप्रमुख पदमा भने नाम सिफारिस भएको छैन् । त्यसका लागि छलफल भइरहेको अध्यक्ष पोखरेलले बताए । रेसुङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगरप्रमुख र उपप्रमुख जितेको थियो । रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेद्वार छनोट गरेका छैनन् ।
मुसिकोट नगरपालिकामा एमालेले यसअघि नै जीवन खरेललाई नगर प्रमुखको उम्मेद्वारमा सिफारिस गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई सिफारिस गरेको छ । मुसिकोट नगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगर प्रमुख उपप्रमुख जितेको थियो ।
धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसमेत रहेका भुपाल पोखरेललाई नै दोहो¥याउने भन्दै उम्मेद्वार सिफारिस गरेको छ । उनी दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्न लागेका हुन् । यस गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर माओवादी केन्द्रबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।
मालिका गाउँपालिकामा सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दलले तालमेल गरेर उम्मेद्वार छनोट गरिसकेका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट देबिराम अर्याललाई उम्मेद्वार बनाउने निर्णय उनीहरुले गरेका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply