चुनावको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त

३ वैशाख, जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।
शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताए ।
कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उनको भनाइ छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे । निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुन्छ’ प्रमुख आयुक्त थपलियाले भने, केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply