एमालेले टुंग्यायो डोटीका सबै पालिकाका उम्मेदवार
१० वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका नौ वटै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।
एमाले स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायतलाई उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई चयन गरिएको छ ।
यस्तै, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण कुमार कठायत र उपाध्यक्षमा शारदा साउँदलाई छानिएको छ । बढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रवहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।
आदर्श गाउँपालिकाको उपाध्यक्षमा जानकी खड्का र बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई चयन गरिएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले भने ‘जिल्लाबाट आएको सिफारिसका आधारमा प्रदेश कमिटीले नाम टुङ्गो लगाएको छ, तर अहिल्लै सार्वजनिक नगर्ने भन्ने भएको छ । पार्टीले अहिल्लै सार्वजनिक नगर्ने भनेको भएपनि सामाजिक सञ्जालमा बधाइको ओइरो लाग्न थालेको छ ।
अन्य पाँच पालिकामा एमालेले यसअघिनै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा तेजवहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भएका थिए ।
यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रखुम जितेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply