जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपाललाई
२६ वैशाख, काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो बनाएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका आसिफ शेखले २९ रन बनाउँदा विनोद भण्डारीले २८ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे ‘ए’का लागि बर्नान्डो माटुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्राड इभान्सले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनाएको थियो । ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो ।
नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए ।
११ औं ओभरको अन्तिम बलमा टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकीय पारी खेलेर आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । १४ औं ओभरको चौथो बलमा नेपालले तेस्रो सफलता हात पार्यो । किशोर महत्वले कुन्दाइज माउन्देलाई ३९ रनमा क्याच आउट गराए ।
१७ औं ओभरको दोस्रो बलमा सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाए । उनले जोनाथन काम्बेललाई ३ रनमा क्याच आउट गराए । २७ औं ओभरमो तेस्रो बलमा किशोरले व्यक्तिगत चौथो र नेपालका लागि छैटौं विकेट लिए । उनले टोली मुयोन्गालाई २४ रनमा आउट गरे ।
करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमो चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमो तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे ।
३२ औं ओभरको अन्तिम बलमा किसोरले पाँचौं विकेटको रुपमा बर्नान्डो माटुवालाई एलबीडब्लू आउट गरे । अन्तिम ओभरको पहिलो बलमा करण केसीले लेगा सिकालाई आउट गराए ।
सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै सिरिज जित्यो । दुई टोलीबीचको टी–ट्वान्टी सिरिज बराबरी भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply