३० बैशाख २०७९, शुक्रबार ०५:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सर्लाहीको धनकौलमा ६ राउण्ड हवाइ फायर, सुरु हुन सकेन मतदान
३० वैशाख, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।
गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई यहाँ तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए ।
धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply