४ जेष्ठ २०७९, बुधबार ०१:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएकी छन् ।
दाहालले आठ हजार ३१६ मत पाउँदा सुवेदीले सात हजार ४६८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले तीन हजार ८७६ मत पाएका छन् ।
चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा तीन हजार ८२८ मत बढी ल्याएका छन् । अधिकारीले नौ हजार ९८४ ल्याएका छन् भने गुरुङले ६ हजार १५६ मत पाएकी छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply