६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?
६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो ।
जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।
यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने

Leave a Reply