काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् ।
मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन् ।
बालेन्द्रले सिर्जनालाई १९ हजार २६३ मतान्तर बनाएर अग्रता कायम गरेका छन् । सिर्जनाले एमालेका उम्मेदवार केशव स्थापितलाई भने पछि पारेकी छन् । स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् ।
काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् । सुनिताले उपमेयरमा जीत सुनिश्चित गरेकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply