काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् ।
मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन् ।
बालेन्द्रले सिर्जनालाई १९ हजार २६३ मतान्तर बनाएर अग्रता कायम गरेका छन् । सिर्जनाले एमालेका उम्मेदवार केशव स्थापितलाई भने पछि पारेकी छन् । स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् ।
काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् । सुनिताले उपमेयरमा जीत सुनिश्चित गरेकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply