निर्वाचनमा बुथ कब्जा गरियो, बम पड्काइयो : केपी ओली
१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा गरेको, बम पड्काएको र उम्मेदवारहरूलाई थुनिएको बताए ।
स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ?, अध्यक्ष ओलीले संसदमार्फत सरकारलाई प्रश्न गरे । उनले सरकारले निर्वाचन धाँधलीरहित निर्वाचन भएको भनेपनि सत्ता गठबन्धनले निर्वाचनका नाममा लोकतन्त्रकै धज्जी उडाएको बताए ।
उनले यही गठबन्धनले २०७४ मा पनि निर्वाचन गराएको भन्दै यस्तो धाँधली नभएको टिप्पणी गरे । ‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो, उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको छ । बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ’ ओलीले भने, उम्मेदवारका घरमा बम पड्काइएको छ । अनि के यो शान्तिपूर्ण भयो सबै ? कि घरका भित्ताका फेदमा बम पड्किनु सत्ता पक्षलाई अपजस लगाउन हो ओलीको प्रश्न छ ।
उनले एमाले आजको संविधान र आजको प्रणाली ल्याउन संघर्ष गरेको पार्टी भन्दै बहुदल आएपछि फुत्त निस्केर सहभागिता जनाउ भनेर सहभागी भएको पार्टी नभएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply