१८ जेष्ठ २०७९, बुधबार ०९:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अन्तर्घातको आरोपमा एमालेले गर्यो तीन नेतामाथि कारबाही
१८ जेठ, काठमाडौं । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतामाथि कारबाही गरेको छ।
पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।
एमालेले तीन जना नेतालाई पार्टी संगठित सदस्यबाट निलम्बन गरेको कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति मार्फत जनाएका छन् ।
एमाले कास्कीले ३३ नं वडा कमिटीका उपाध्यक्ष महेश अर्याललाई कमिटीबाट हटाएको छ भने पोखरा–२१ का मनोज पहारी र ३३ का प्रशान्त आचार्यलाई संगठित सदस्यताबाट निलम्बन गरेको छ ।
पोखरा महानगरमा एमालेबाट छोडेका गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका थिए भने एमालेका कृष्णबहादुर थापा पराजित भएका थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply