काठमाडौं आइपुगे वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन

२६ जेठ, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् ।
नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन् । नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमाण्डको अवलोकन भ्रमण गरेका थिए ।
नेपाली सेनाका अनुसार कमाण्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहने छन् । अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो । देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply