तनहुँमा मान्द्रे खोलाले बगाउँदा एक जनाको मृत्यु
२८ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित मान्द्रे खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा बाढीले बगाउँदा यामबहादुर विकको मृत्यु भएको हो । शुक्रबार राति करिब १०ः२० बजे खोला तर्ने क्रममा भेलले बगाउँदा शुक्लागण्डकी-१० कुखुरे खोला बस्ने ५२ बर्षका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
विक घर जान तर्ने क्रममा बर्षाका कारण आएको मान्द्रे खोलाको भेलले बगाएको थियो । उनको खोजतलास गर्दा आज बिहान ७ बजे तरेको ठाउँदेखि करिब ७०० मिटर तल बाङ्गे खोलाको छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ ।
वडाध्यक्ष राजेन्द्र भट्टराईका अनुसार विक परम्परागत रुपमा आरनसँगै खेतीपाती र मेलापात गरी घर व्यवहार चलाउँथे । विकको पाँच जनाको परिवार छ । जिल्लामा हिजो साँझ ९ बजेपछि भारी बर्षा भएको थियो । ठाडो खोला भएकाले बर्षातपछि उक्त खोलामा ठूलो बाढी आउने गर्दछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply