आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीश र न्यायाधीश चुडालको बेन्चमा
३० जेठ, काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेश तोकिएको थियो । तर, प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि जेठ १७ मा सुनुवाई भएन ।
न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाई गर्न पेशी तोकेका थिए । सोमबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।
आईजीपी विवादबारे सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply