प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने
२ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।
बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार २३ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।
प्रश्नको जवाफ दिने काम सकिएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply