वर्षा बाधक बन्दा नेपालकाे एसिया कप खेल्ने सपना अधुरै, युएई फाइनलमा
१० असार, काठमाडौं । वर्षाका कारण युएईसँगको खेल पूरा हुन नसक्दा एसीसी महिला टी- २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।
खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको हैसियतले फाइनलमा पुगेको छ । यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनाएको थियो । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले ब्याटिङ गर्न पाएन ।
खेल रद्ध भएसँगै उत्कृष्ट बलिङ गरेकाे नेपालले युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य अधुरै भएको छ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुगेकाे छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । अब दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply