लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
१५ असार, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।
माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन् । एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य रहेका विमलाका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी वलीले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा विभाजित हुँदा नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply