आईजीपी नियुक्तिविरुद्धको मुद्दा : आज अन्तिम सुनुवाइ हुँदै
१९ असार, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको छ । यसअघि सो मुद्दाको पेशी कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा तोकेको भएपनि सो दिन मुद्दाको बहस नसकिएपछि आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
आज आईजीपी बढुवाको पक्षमा भीमार्जुन आचार्यसहित सुशील पन्त, श्याम खरेल, टीकाराम भट्टराई, ओमप्रकाश अर्यालले बहस गर्दैछन् । गत वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताव सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरित्क महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वरिष्ठताक्रम अनुसार बढुवामा नपरेपछि डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिदै आएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply