अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।
पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।
छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।
तर यो नैतिक प्रश्न भएकाले एमालेले उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या भने टुंगो लागेको छैन । एमालेले सांसद संख्याको अनुपातमा आफ्नो उपस्थिति हुनुपर्ने र नेतृत्व पाउनुपर्ने माग गरेको छ । यसमा अरु दलहरु पनि सकारात्मक देखिएका छन् ।
अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply