माओवादीको केन्द्रीय समिति बैठक बस्दै
२३ असार, काठमाडौं । १९ असारदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन् । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने बताए । ‘आज पदाधिकारीसहित सबै टुंगो लाग्छ, शाहले भने, ‘हामीले अध्यक्षजीलाई तपाईं नामावली ल्याउनुस् हाम्रो साथ समर्थन रहन्छ भनेका छौं, उहाँले आज ल्याउनुहुन्छ ।
गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।
पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य टुंगो लगाउने गृहकार्य गर्न भन्दै मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । बुधबार पनि संसदमा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । बुधबारको संसद बैठकमा महासचिव पदका आकांक्षी जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply