सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक
२४ असार,काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनादर्न शर्मामाथि छानविन गर्न गठित विशेष समितिको बैठकमा बोलाएका छन् ।
दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा समितिका सदस्यहरुलाई बैठकका लागि बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले जानकारी दिइन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।
दुई दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन गठन गरिएको थियो । शर्माले बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।
छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply