हतियार किन्ने निर्णय भएको छैन : प्रधानमन्त्री
३० असार, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हतियार किन्ने निणर्य नभएको बताएका छन् । उनले आफूले यस विषयमा गृहमन्त्रीलाई समेत निर्देशन दिने बताएका छन् ।
नेपाली कांग्रेसको जारी बैठकमा गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएपछि देउवाले यस्ता जानकारी गराएका हुन् । उनले भने, प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं ।
प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो । प्रहरीका लागि एकहजार थान ९ एमएम पिस्तोल, त्यसको लागि गोली १० लाख ३० हजार राउन्ड, बाह्रबोर सटगन ११५० वटा त्यसमा लाग्ने छर्रा २ लाख र रबरका गोली ३ लाख वटा र अश्रु ग्यासका २५ हजार सेल हतियार खरिदका लागि रकमान्तर गरिएको थियो ।
देशमा विदेशी मुद्रा सञ्चिती घटिरहेका बेला प्रहरीका लागि हतियार खरिद गर्न लागिएको कुरा बाहिर आएपछि अहिले त्यसको विरोध भइरहेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply