जनार्दन शर्मामाथि छानबिन समितिको प्रतिवेदन तयार
१२ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको विशेष समितिले साँझ काम सकेको समितिका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ । समितिका सदस्यहरुले प्रतिवेदनको निष्कर्षबारे जानकारी गराएका छैनन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भनी तत्कालिन अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।
सुरुमा १० दिन अवधि तोकिएको समितिले काम नसकेपछि ७ दिन थप गरिएको थियो । सो ७ दिनको म्याद बिहीबार सकिएको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेर्नुका साथै बजेट निर्माणमा संलग्न अधिकारी र पूर्वअर्थमन्त्री शर्मासँग पनि छलफल गरेको थियो ।
तर समितिले १४ जेठको रातिको सीसीटीभी फुटेज पाउन सकेन भने छलफल गरेका अर्थका अधिकारी र पूर्वअर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिको प्रवेश अस्वीकार गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply