म्याग्दी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, २ जना घाइते
१७ साउन, म्याग्दी । म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका-२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।
प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका छन् । बेपत्ता तीन जनाको शव भेटिएको पनि भेटिएको जानकारी दिंदै उनले भने, ‘योसँगै मृतकको संख्या ५ पुगेको छ । सबै जना एकै परिवारका हुन् ।
उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।
यस्तै त्यही ठाउँमा पहिरोल अर्को घर पुर्दा दुई जना घाइते भएका छन् । स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply