देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ : सीपी मैनाली
१७ साउन, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन फेरि केपी शर्मा ओलीको नेतृत्व चाहिएको निश्कर्ष सुनाउनु भएको छ । तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले मुलुकलाई जोगाउन केपी ओलीको नेतृत्व अनिवार्य बनिसकेको तथ्य राख्नुभएको हो ।
देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ, मैनालीले भन्नुभयो । अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व केपी ओलीलाई सुम्पिनु पर्ने मैनालीको भनाई छ । उहाँले पाँच दलीय गठबन्धनका नेता लाज पचाएर बिदेसीसामू लम्पसारवादी भएको भन्दै चर्को आलोचना पनि गर्नुभयो । महासचिव मैनालीले एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई सुझावसमेत दिनुभयो ।
एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी रहेको मैनालीको भनाई थियो । एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गर्नुभयो । ‘गठबन्धन बिदेसीसामूलम्पसार पर्यो, देशकै अस्तित्व खतरामा पर्यो, अव एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्नुपर्छ, मैनालीले भन्नुभयो ।
महासचिव मैनालीले प्रचण्ड र माधवहरु विदेसीको भरिया बनेको कठोर टिप्पणीसमेत गर्नुभयो । कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा प्रचण्ड लागेको भन्दै मैनालीले उहाँलाई नक्कली वामपन्थी भएको ठोकुवा गर्नुभयो । ‘प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लागेका छन, उनी नक्कली वामपन्थी हुन, मैनालीले भन्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply