स्वास्थ्य र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन भट्टराईको माग
२२ साउन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ ।
आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गरेका हुन् ।
स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्याउनुपर्ने पनि उनले बताए । बीमा रकम बढाउनका निम्ति ध्यानाकर्षण गराउन चाहान्छु, उनले भने ।
स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उनले बताए ।
उनले संसद बैठकमा भने, सरकारले व्यवसायिक बीमाको रुपमा बुझेको छ । यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमालाई पूर्ववत अवस्थामा अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छु ।
६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले गंगालाल अस्पतालबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएको भनेर आक्रोश व्यक्त गरे ।
बरु उनको नागरिकता ४० वर्षको बनाइदिए उनले अझै २० वर्षसम्म जागिर खान पाउने थिए भनेर भट्टराईले व्यंग्यसमेत गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply