अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलबमान तत्काल लागू नहुने
२३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणा विपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि आन्दोलित भएका कर्मचारी संगठनका प्रतिनिधिहरूसँग आज अर्थमन्त्रीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अर्थमन्त्रीलाई भेट्न निजामति कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पुगेका थिए ।
अर्थमन्त्रीसँगको भेटपछि पोखरेलले तत्कालका लागि बजेट भाषणअनुसार नै तलब वृद्धि हुने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको बताए । चालु आर्थिक वर्षका लागि पारित भएको बजेटमा १५ प्रतिशत तलब वृद्धि गर्ने भनिएको छ । भेटमा अर्थमन्त्रीले ‘पे कमिशन’ गठन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मर्यादाक्रम मिलाउने भन्दै अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव तयार गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी भइरहेका वेला शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply