रौतहट पुगेर ओलीले भने : माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन्
२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।
रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।
प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनले बताए । म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ, उनले भने, हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।
उनले तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply