विचार नमिल्नेसँग तालमेल हुँदैन : नेम्वाङ
२४ साउन, पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् ।
आज पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको बताएका हुन् । ‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ, उनले भने ।
नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण,आर्थिक सूचक सुधार र नागरिक उत्तरदायित्वमा पटक-पटक चुकेको आरोप पनि लगाएका छन् । ‘दूषित गठबन्धन चुनाव गर्ने मनस्थितिमा पनि थिएन, एमालेको दबाबसँगै निर्वाचन आयोगले पटक-पटक दबाब दिएपछि मिति घोषणा गर्यो, सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ गएर बहुमत ल्याउछौँ, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply