बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति
२५ साउन, काठमाडौँ । काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वर्ल्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए । विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए ।
यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply