प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट
२६ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए ।
बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको बाबुराम निकट एक नेताले बताए ।
‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, ती नेताको भनाइ छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहान्छन् ।
डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने डा. भट्टराई निकट नेपसा नेता विश्वदीप पाण्डेले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply