देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
२७ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई निरन्तर पेल्नुका साथै पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूहले असन्तुष्ट पोखेको छ । सो समूहले देउवाले हरेक निणर्य आफूखुशी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् ।
शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको एक नेताले जानकारी दिएका छन् । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताएका छन् ।
देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निणर्यमा पुगिने ती नेताको भनाइ छ ।
देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गरेका छन् । कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै चुनावी रणनीतिका सन्दर्भमा पनि सो समूहका छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply