निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
२८ साउन, काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् । उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराइन् ।
निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् ।
निहारिकाको मुद्दाबारे आज राष्ट्रपतिसँग कुराकानी भएको कानून मन्त्री बन्दीले पुष्टि गरे ।
राष्ट्रपतिज्यूबाट चासो व्यक्त भएको छ । हामीले मुद्दाको विषयमा अवगत गराउँदै यसलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ, उनले भने ।
मन्त्री बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि अवगत गराएका थिए ।
राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले राष्ट्रपतिको मुख्य सल्लाहकार नै सरकार भएकाले विभिन्न सन्दर्भमा कानून मन्त्री र महान्यायाधिवक्ता परामर्श गर्ने प्रक्रिया नियमित भएको बताए ।
‘आजको भेटमा निहारिकाको सन्दर्भमा राष्ट्रपतिबाट गम्भीरतापूर्वक चासो व्यक्त भएको छ,’ उनले भने ।
स्रोतका अनुसार निहारिका अनशन बस्नु अगाडि पनि राष्ट्रपतिको कार्यालयमा उनको मुद्दाका विषयमा विभिन्न च्यानलहरूबाट जानकारी आएका थिए । त्यसमा राष्ट्रपतिले महिला आयोगलगायतका सरकारका विभिन्न अंगहरुसँग कुराकानी गरेर यस मुद्दालाई न्यायपूर्ण निष्कर्षमा पुर्याउन आग्रह गरिरहेकी थिइन् ।
हिजो आफ्नै निवासअगाडि निहारिकाले आत्मदाह प्रयास गरेपछि राष्ट्रपति थप चिन्तित बनेको स्रोतले बताएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply