बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्यो हवाईफायर
३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई रोकेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस प्रहार गरेको हो ।
त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका-१ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयलाई चेतावनी दिएका छन् ।
प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडि बढे पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि झडप शुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् ।
फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन् । ‘प्रहरीले बल प्रयोग गर्ने सिद्धान्त अनुसार विभिन्न उपाय अपनाउन सक्छ । त्यहि अनुसार हाम्रो कमाण्डरले काम गरिरहेका होलान । बेलुका मात्रै एकिन भन्न सक्ने स्थिति छ । स्थानीयले आधा घण्टा अगाडी ढुंगा प्रहार भएको चैं रिपोर्टिङ आएको छ,’ प्रवक्ता मैनालीले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply