स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी
३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए ।
मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए ।
गाडीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर खसाल्दा पनि यता बाटोमा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भइरहेको छ । स्थानीय वासिन्दाले प्रहरीलाई लक्षित गरेर डुंगामुढा गरेका छन् भने प्रहरीले रबरको गोली र अश्रुग्यास हानेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले घटनाका बारेमा बेलुका मात्रै प्रष्ट थाहा हुने बताए । कति राउण्ड रबर गोली, अश्रु ग्याँस प्रहार भयोे । बेलुका मात्रै थाहा हुने स्थिती रहेको छ । स्थानीयले ढुंगा हानिरहेकोले प्रहरीले बल प्रयोग गरिरहेको छ, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply