गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही : ओली
१ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही भएको आरोप लगाएका छन् । आज राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए ।
उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको आरोप लगाएका छन् । उनले भने, कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन । नीति के छ गठबन्धन । कार्यक्रम के छ गठबन्धन । पुग्ने कहाँ हो गठबन्धन । गठबन्धन गरेर के गर्ने हो, गठबन्धन ।
उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए । उनले थपे, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।
उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए । एमालेले जीते देशले जित्ने र स्थिरता आउने दावी गरे । उनले भने, एमालेले जित्यो भन्यो भ्रष्टाचारविरोधी अभियानले जित्छ । होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply