स्कुल विभागको पहिलो समूहको प्रशिक्षण सम्पन्न, आजबाट दोस्रो समूह
५ भदौ, काठमाडौं । काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले शुरू गरेको कार्यकर्ताका लागि पार्टी स्कुल (बिषयगत प्रशिक्षण) पहिलो समूहको प्रशिक्षण सम्पन्न भएको छ ।
पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीले शनिवार पार्टी कार्यालय च्यासलमा कक्षामा सहभागीहरूका विभिन्न जिज्ञासाबारे स्पष्ट पार्दै पहिलो समूहको कक्षा समापन गर्नुभयो । उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
तीनदिने स्कुलको पहिलो समूहमा अखिल नेपाल किसान महासंघका कमरेडहरू सहभागी हुनुभएको थियो ।
उहाँहरूलाई महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त र जनताको बहुदलीय जनवाद विषयमा प्रशिक्षण दिनुभएको थियो भने उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले सिद्धान्त, कार्यक्रम र कार्यदिशा, स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले कूटनीतिक सम्बन्ध र भूराजनीति, स्थायी कमिटी सदस्य खगराज अधिकारीले सङ्गठन निर्माण, व्यवस्थापन र परिचालन र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी र जनसङ्गठनबीचको अन्तर्सम्बन्ध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, स्कुल विभाग उपप्रमुख पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले माक्र्सवादी दर्शन र सामाजिक रूपान्तरण, केन्द्रीय सदस्य रमेश वडालले स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले किसान महासंघ र आगामी दिशा, सूचना प्रविधि विज्ञ अस्गर अलीले सूचना प्रविधिको प्रयोग र विभागका सदस्य वाईपी आचार्यले सूचना, सञ्चार र प्रविधिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको प्रभावकारिता कस्तो रह्यो भन्ने जान्नका लागि सहभागीहरूलाई स्कुल शुुरू गर्नु अघि र स्कुुल सकिएपछि विभिन्न प्रश्नावली वितरण गरी जाँच लिइएको थियो ।
स्कुलमा सहभागी किसान महासंघकी सचिव सरिता गिरी यादवले प्रशिक्षणबारे आफ्नो अनुभव सुनाउँदै यति गहन र महत्वपूर्ण प्रशिक्षण आफ्नो २०\ २५ बर्षको राजनीतिक जीवनमा नपाएको वताउनुभयो । उहाँले यस्ता प्रशिक्षण पार्टी राजनीतिमा आउँदै गरेका युवालाई अति महत्वपूर्ण हुने र त्यो तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुुभयो ।
आज भदौ ५ गतेदेखि राष्ट्रिय युवा संघका युवाका लागि स्कुल सञ्चालन हुने छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply