निर्वाचन आचारसंहितामाथि छलफल गर्न आयोगले बोलायो राजनीतिक दलहरूलाई
६ भदौ, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ ।
यसअघि आयोगले निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिएको छ । अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको हो’, आयोगका एक आयुक्तले भने, त्यो बाहेक अन्य तयारीका सम्बन्धमा पनि छलफल हुन्छ ।
छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply