भारतीय वायु सेनाका उपप्रमुख काठमाडौंमा
१२ भदौ, काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय भ्रमणदल आज काठमाडौं आइपुगेको छ ।
भदौ १२ देखि १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरूप एयर भाइस मार्सल तेजवीर सिंह नेतृत्वको टोली काठमाडौं आएको नेपाली सेनाले जनाएको छ । पाँच दिवसीय भ्रमणको क्रममा उक्त भ्रमण दलले भोलि प्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने तालिका छ । भ्रमण दलले भोलि नै जङ्गी अड्डाको भ्रमण गर्नेछ ।
यस्तै, भदौ १४ गते पोखरास्थित मध्य कमाण्ड हेड क्वाटरको भ्रमण गर्ने कार्यक्रम छ । साथै, उक्त भ्रमणदलद्वारा पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply