नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका भ्रमणमा
१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् ।
नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि छन् । अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गरेका छन् ।
दुवैको अनुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी क्रमशः सहकुलबहादुर थापा र नारायणदत्त पौडेलले सम्हाल्नेछन् । न्यूयोर्कमा आयोजित कार्यक्रम १५ देखि १७ भदौसम्म चल्नेछ ।
दुवै प्रहरी प्रमुखलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले विदाइ गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने भनिएको छ ।
महानिरीक्षक सिंहले सोही अवसरमा अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र सुरक्षा मामिलाका विषयमा कुराकानी हुने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply