इलाम क्षेत्र नम्बर-२ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस
१९ भदौ, इलाम । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो ।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको हो । मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए । नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन् । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए ।
क्षेत्र नं २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको जनाइएको छ । बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख छन् । एमालेले हाल अन्य स्थानका समेत उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेको छ । अन्य क्षेत्रबाट आकांक्षी धेरै भएपछि सम्बन्धित कमिटीले जिल्लामा नाम सिफरिस गरेर पठाएको छ ।
नाम छनोटमा बढी पार्टीमा समय दिएकालाई टिकट दिने गरी छलफल भइरहेको पार्टीले जानकारी दिएको छ । जिल्लामा प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply